अक्षयको ‘केसरी’ले कमायो सय करोड, पुगे सलमान भन्दा अगाडी



रंगखबर,काठमाडौँ – बलिउड सुपरस्टार अक्षय कुमारको फिल्म ‘केसरी’ले घरेलु बक्सअफिसमा सय करोड कमाईको आँकडा पार गरेको छ । रिलिजको जम्मा ७ दिनमै सय करोड क्लबमा इन्ट्री गर्दा यो माइलस्टोन पार गर्ने अक्षय ११ औँ फिल्म बन्यो ।

Hop in for a free ride with

सय करोड क्लबको कुरा गर्दा बलिउडमा यो नै सर्वाधिक अंक हो । अक्षय भन्दा अगाडी रहेका सलमान खानका ८ फिल्मले सय करोड क्लबको माइलस्टोन पार गरेका छन् । भने, दुई सय करोड क्लबमा २ र तीन सय करोड क्लबमा ३ फिल्मले इन्ट्री मारिसकेका छन् । 

७८.०७ करोडसहित वर्षकै उत्कृष्ट विकेन्ड कमाई गरेको फिल्मले विहिबारदेखि आइतबारसम्म २१.०७, १६.७५, १८.७५ र २१.५१ करोड कमाउन सफल भएको थियो । बाँकी तीन दिनमा २१,९४ करोड कमाउदै सात दिन भित्र जम्मा १००.०१ बटुल्यो ।

अनुराग सिंह निर्देशित फिल्ममा अक्षयसँगै परिनिती चोपडाको मुख्य भूमिका छ । फिल्ममा अक्षयले सरदार योद्दाको भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्