‘मायावती’को वायोपिकमा बिद्या बालन ?



एजेन्सी : आफ्नो भूमिकालाई न्याय पुर्वक निभाउने अभिनेत्री मध्येकि एक हुन् बिद्या बालन । उनले आफ्नो अभिनयको कारणले बलिउडमा छुट्टै छाप छोड्न सफल पनि बनि सकेकी छिन । यसको उदाहरण त् सन् २०१२ मा प्रदर्शन भएको फिल्म द डर्टी पिक्चर्स मार्फत आई सकेको छ । सो फिल्ममा उनी साउथकि अभिनेत्री सिल्क स्मिताको भूमिकामा देखिएकी थिईन । जुन भूमिकाका लागि उनले बेस्ट एक्ट्रेसको अवार्ड समेत हात पारेकी थिईन ।

अब भने बिद्याले एउटा यस्तो वयोपिकमा अभिनय गर्ने कुराले बलिउड तातेको छ । भारतीय मिडियाले दिएको जानकारी अनुसार बिद्या अब कुशल राजनीतिज्ञ ‘मायावती’को वयोपिकमा बन्न लागेको फिल्म मायावतीमा देखिने भएकी छिन । बलिउडमा राजनेताहरुको रियल लाईफमा बन्ने फिल्ममा अहिले अर्को नाम पनि जोडिन लागेको छ । यस अघि डा. मनमोहन सिंह, नरेन्द्र मोदी, जयलिला, बाल ठाकरे को वायोपिक पछि मायावतीको जीवनमा आधारित फिल्म बन्ने जानकारी बाहिरिएको छ । मायावती विगत अढाई दशक देखि भारतीय राजनीतिमा एक कुशल महिलाको रुपमा चिनिदै आईरहेकी छिन । उनी भारतको उत्तर प्रदेशमा मुख्य मन्त्रि समेत बनि सकेकी छिन । उनलाई  राजनीतिमा धेरै विवाद र आरोप प्रत्यारोप पनि आउँने गर्छ ।

यदि बिद्याले सो फिल्ममा काम गर्ने अवसर पाईन भने पुन: एक पटक आफ्नो अभिनय कलाले सबैको मन जित्नेमा दुईमत नहुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्