प्रियंकाको ‘ओके म्यागेजिन’ विरुद्ध मुद्धा दायर



एजेन्सी : केहि दिन अघि देखि बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस को एउटा खबरले निकै नै हाईलाइट पाई रहेको छ । त्यो हो प्रियंका र निकको डीबोर्सको खबर ।  केहि दिन अघि अमेरिकाको ओके म्यागेजिनले यी दुईको डिभोर्स हुने खबर छापेको थियो । डिभोर्सको खबर छापिनु भन्दा अघि नै उनि निकको कन्सर्ट ‘जोसन ब्रदर्स’का लागि निक सँगै थिईन ।

अब भने प्रियंकाले डिभोर्सको विषयलाई लिएर मुख खोलेकी छन । जुन ‘ओके म्यागेजिन’ले यी दुईको डिभोर्स हुने खबर छापेको थियो उक्त पत्रिका विरुद्ध प्रियंकाले मुद्धा चलाउने भएकी छिन । उनले उक्त लेखक विरुद्ध मानहानीको मुद्धा दायर गर्ने भएकी छन ।

प्रतिक्रिया दिनुहोस्