‘माया त लाउने हो’ भन्दै मरिश्का फकाउँदै दिलिप



रंगखबर, काठमाडौँ- अभिनेता दिलिप रायमाझी र नायीका मरिश्का पोखरेलले पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गराउँदै ‘माया त लाउने हो ‘ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा दिलिप रायमाझीले मरिश्कासँग रोमान्स गरेका छन । गायक शंकरलाल श्रेष्ठको आवाज रहेको उक्त गीतमा दयाराम दाहालको शब्द संगीत रहेको छ । राम कुमार केसीले खिचेको उक्त गीतमा कोरियोग्राफी र निर्देशन भने लीग्याश भट्टराईको छ ।

गीत हेर्नुस :

प्रतिक्रिया दिनुहोस्