प्रेमकथा ‘डियर लभ’ वेव सिरिजको ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – बैशाख १५ गतेबाट युट्युबमा प्रशारण हुने वेव सिरिज ‘डियर लभ’को ट्रेलर सार्वजनिक गरिएको छ । विवेक रसाइलीको लेखन तथा निर्देशन रहेको लभस्टोरीमा दिप्सन भट्टराई, करीना कक्षपति, रविन बोगटी, रश्मी भट्ट, केदार श्रेष्ठ, किरण चन्द, कल्याण थापा, इशिका लिम्बुलगायतका कलाकारको अभिनय छ ।

‘हामी सबै युवा त्यसैले पनि यो सिरिज खिच्न हामीलाई त्यती सहज थिएन’ यसका निर्माता रुक्माण लिम्बुले भने ‘हामीले कथाको भाव अनुसार प्रस्तुतीकरणमा कुनै पनि कन्जुस्याई गरेका छैनौ ।’ डियर लभमा रुपेश थापाको छायाँकन र राम प्रसाद चौधरीको सम्पादन रहेको छ ।

‘अहिले पहिलेको जस्तो कुनैपनि कलाकारले आफल्नो प्रतिभा देखाउन ठुलो पर्दाको सिनेमा अथावा टेलिभिजन सिरियलका अडिसन दिनु पर्दैन ।’ ट्रेलर रिलिज कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका अभिनेता रमेश उप्रेतीले ‘डियर लभ’का बारेमा बोले । साथै, उनले सफलताको शुभकामना पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्