४७ वर्ष पुरानो गीतमा टाइगरको डान्सिङ स्टेप्स



रंगखबर, काठमाडौँ – बलिउड गीत सुन्नु हुन्छ भने सन् १९७२ को हिट गीत ‘ए जवानी हे दिवानी’ पक्कै छुट्टाउनु भएको छैन होला । आज भन्दा ४७ वर्ष अगाडीको त्यो हिट गीत अब रिमेक भर्सनमा सुन्न सकिनेछ । फिल्म ‘जवानी दिवानी’को उक्त गीतमा रणधीर कपूर र जया बच्चन रोमान्टिक अवतारमा देखिएका थिए ।

टाइगर श्रोफ स्टारर फिल्म ‘स्टुडेन्ट अफ द इयर २’मा समावेश यो गीतको रिमेक सार्वजनिक गरिएको छ । गीतमा टाइगरले दुई डेब्यु गर्ल तारा सुतारिया अनन्या पाण्डेसँग स्टेप्स लगाएका छन् ।

गीतको सेटले पहिलो सृंखलाको ‘द डिस्को सङ’को झझल्को दिन्छ । धर्मा प्रोडक्सन र फक्स स्टार स्टुडियोले निर्माण गरेको फिल्मलाई पुनित मलहोत्राले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्