शास्त्रमा लेख्नलाई छुट्या मात्र हो, जीवन जात्रा हो – ‘जात्रै जात्रा’ शिर्ष गीत



रंगखबर, काठमाडौँ – ‘जात्रै जात्रा’को शिर्ष गीत सार्वजनिक गरिएको छ । ‘जात्रै जात्रा हो’ बोलको गीतमा मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बनियाँको केमेस्ट्री प्रस्तुत गरिएको छ ।

अर्जुन भट्टराईको शब्दहरुले आधुनिक युगलाई कटाक्ष हान्छन । गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत छ ।

प्रदीप भट्टराई निर्देशित फिल्म जेठ ३ गते अलनेपाल रिलिज हुँदैछ । हिट फेञ्चाइज, लोकप्रिय कलाकार र गीत/संगीतले गर्दा ‘जात्रै जात्रा’ प्रतिक्षित बनेको छ ।

फिल्ममा दयाहाङ राई, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राणा, अंशु महर्जन, कृष्णभक्त महर्जनलगायतका थुप्रै कलाकारको पनि अभिनय छ । रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण रहेको फिल्ममा सिङ्गे लामा र योगेश्वर पौडेलको लागनी छ ।

प्रतिक्रिया दिनुहोस्