यस्तो छन् ‘जात्रै जात्रा’को चार पोस्टर



रंगखबर, काठमाडौँ – जेठ ३ गते रिलिज हुने प्रतिक्षित फिल्म ‘जात्रै जात्रा’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । दुई वर्ष अगाडीको हिट फ्रेञ्चाइज ‘जात्रा’को सिक्वेलमा यसपटक दयाहाङ राईले इन्ट्री मारिसकेका छन् । जसले जात्रा विशेष हुने अनुमान लगाउन सकिन्छ ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार सबै जसो चित्रित छन् । प्रदीप भट्टराई निर्देशित कमेडी ड्रामामा विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बनियाँको ग्याङ यसपटक पनि हिसाव किताबको दौडधूपमा हुनेछन ।

फिल्ममा वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राणा, अंशु महर्जन, कृष्णभक्त महर्जनलगायतका थुप्रै कलाकारको अभिनय छ ।

‘जात्रा’ पछाडी ‘शत्रुगते’ ब्लकबस्टर दिएका निर्देशक प्रदीपका कारण यो फिल्मले पनि दर्शक पुन: एकपटक मनोरंजन दिने आशा गरिएको छ । रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण रहेको फिल्ममा सिङ्गे लामा र योगेश्वर पौडेलको लागनी छ ।

प्रतिक्रिया दिनुहोस्