‘पोइ पर्यो काले’मा सृष्टि र सोहितको इन्ट्री, कस्को पोइ को भन्ने नै दोधार



रंगखबर, काठमाडौँ – चर्चामा रहेको फिल्म ‘पोइ पर्यो काले’मा सृष्टि श्रेष्ठ र सोहित मानन्धरको इन्ट्री भएको छ । शुक्रबार यी दुई कलाकारलाई निर्माण पक्षले फिल्ममा अनुबन्धित गरेको हो ।

शिशिर राणाले निर्देशन गर्ने फिल्ममा यसअघि सौगात मल्ल, पूजा शर्मा र आकाश श्रेष्ठ फाइनल भैसकेका छन् । फिल्ममा पाँच कलाकारको इन्ट्री भएपछि मुख्य भूमिकामा को ? र कस्को जोडी को भन्ने जिज्ञासा बढेको छ । यस विषयबारे निर्माण पक्षसँग प्रश्न गर्दा भूमिकाको बारेमा खुलाउन चाहेनन् ।

प्रस्तुतकर्ता श्याम थापाले भने ‘फिल्ममा सबैको भूमिका महत्वपूर्ण छ । त्यसैले कुन चै कलाकार लिड भन्ने खालको छैन । फिल्ममा ‘कस्को – को पोइ काले भन्ने कुरा नै सस्पेन्स राख्न चाहेका छौँ ।’

फिल्ममा सौगातको भूमिकाको वरिपरि घुम्ने भएपनि कालेको भूमिकामा आकाश पनि हुन् सक्ने उनले बताए । स्क्रिन स्पेसमा सौगात, पूजा र आकाशको अगाडी छन् । केहि प्रतिशत सृष्टिको सिन कम रहेको उनले बताए । यसअर्थमा पूजा नै फिल्मको लिड अभिनेत्री हुने अनुमान लगाउन सकिन्छ । फिल्ममा सोहितको पनि दमदार भूमिका रहेको टिमले बताएको छ ।

दीपक मनाङ्गेको निर्माण रहने फिल्म जेठ महिनामा फ्लोरमा जानेछ । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा रघु परियार र किरण नेपाली कार्यकारी निर्मातामा रहनेछन । फिल्मलाई लक्ष्मी पूजाको अवसर पारी कार्तिक ८  रिलिज गर्ने निर्णय गरिएको छ ।

यो पनि पढ्नुस;-

‘पोइ पर्यो काले’मा भित्रिए सौगात, के सहायक भूमिकामा छन् पूजा र आकाश ?

प्रतिक्रिया दिनुहोस्