‘भारत’ ट्रेलर रिलिज, सलमानको ७१ वर्षसम्मको कथाको झल्को



रंगखबर, काठमाडौँ – सलमान खानको बहुप्रतिक्षित फिल्म ‘भारत’को ट्रेलर रिलिज गरिएको छ । अलि अब्बास जफर निर्देशित ‘भारत’ कोरियन फिल्म ‘ओड टू माई फादर’को रिमेक हो । जो निर्माण समयदेखि नै अत्याधिक चर्चामा छ ।

३ मिनेट ११ सेकेन्ड लामो ट्रेलरको सुरुवात देशको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको डाइलगबाट हुन्छ । पावरप्याक्ड ट्रेलरमा सलमान पुरै छाएका छन् । ट्रेलरमा कट्रिना कैफ, दिशा पटानी, सुनिल ग्रोवर र ज्याक्की श्रोफलाई पनि राम्रै स्थान दिइएको छ । जहाँ सलमान र कट्रिनाको रोमान्टिक केमेस्ट्री पनि प्रस्तुत गरिएको छ ।

फिल्ममा सलमानले ‘भारत’ नामको भूमिका निर्वाह गरेका छन् । जसको जीवन काफी रंगीन हुन्छ । फिल्ममा भारतको ७१ सालको यात्रा देखाइएको छ । कट्रिनालाई पनि नयाँ अवतारमा प्रस्तुत गरिएको छ । फिल्म ५ जुनमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्