‘वीर बिक्रम २’ पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ – पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दि तामाङलाई फिचारिङ गरेर फिल्म ‘वीर बिक्रम २’को पोस्टर सार्वजनिक गरिएको छ । दुई गीत पनि सार्वजनिक गरिएको फिल्मको ट्रेलर अब दर्शक प्रतिक्षामा छ ।

निर्देशक मिलन चाम्सले ट्रेलर आगामी शुक्रबार रिलिज गरिने बताएका छन् । जति बेला हलमा बहुप्रतिक्षित हलिउड फिल्म ‘एभेन्जर्स: एंडगेम’ प्रदर्शन भैरहेको हुनेछ । सार्वजनिक पोस्टरमा पल, नाजिर र वर्षाको केमेस्ट्री देखाउन खोजिएको छ । भने, बुद्दि खलपात्रमा हुनेछन् ।

प्रदीप भारद्वाजले लेखेको फिल्ममा बनिष शाहको सम्पादन, नवराज उप्रेतीको छायाँकन, हिमाल केसीको एक्सन र रन्जीत गजमेर/तारा प्रकाश लिम्बु/राजनराज सिवाकोटीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्