एभेन्जर्स – इन्ड गेमका ७ विश्व रेकर्ड, डेब्यु विकेन्डमै १.२ बिलियन डलर



रंगखबर, काठमाडौँ – ‘एभेन्जर्स – इन्ड गेम’ले डेब्यु विकेन्डमा घरेलु र विदेशी सबै रेकर्ड तोडिदिएको छ । सोमबार विहान वितरक कम्पनी डिज्नीले पहिलो विकेन्डको अनुमानित ग्रस कलेक्सन सार्वजनिक गरिदिएको छ ।

यसअघिका सम्पूर्ण रेकर्ड ध्वस्त पार्दै ‘एभेन्जर्स’को अन्तिम सृंखलाले १.२०९ बिलियन अमेरिकी डलर बटुलेको छ । घरेलु कलेक्सन ३५० मिलियन बढी छ । भने, ८५९ मिलियनमा विदेशको हात छ ।

ठुला रेकर्डहरु

# सर्वाधिक विश्वव्यापी विकेन्ड
एभेन्जर्स – इन्ड गेम (१.२०९ बिलियन)
– अघिल्लो रेकर्ड
एभेन्जर्स – इन्फिनिटी वार (६४०.५ मिलियन)

# सर्वाधिक विकेन्ड कलेक्सन (घरेलु बक्सअफिस)
एभेन्जर्स – इन्ड गेम (३५० मिलियन)
– अघिल्लो रेकर्ड
एभेन्जर्स – इन्फिनिटी वार (२५७.६९ मिलियन)

# सर्वाधिक पहिलो दिन र ‘सिंगल डे’ (घरेलु बक्सअफिस)
एभेन्जर्स – इन्ड गेम (१५६.७ मिलियन)
– अघिल्लो रेकर्ड
स्टार वार्स – द फोर्स अवकेन्स (११९.१ मिलियन)

# सर्वाधिक हल (घरेलु बक्सअफिस)
एभेन्जर्स – इन्ड गेम (४,६६२ हल)
– अघिल्लो रेकर्ड
डेस्पीकेवल मी ३ (४,५२९ हल)

# सर्वाधिक अन्तर्राष्ट्रिय विकेन्ड
एभेन्जर्स – इन्ड गेम (८५९ मिलियन)
– अघिल्लो रेकर्ड
द फेट अफ द फ्युरियस (४४३.१५ मिलियन)

# सर्वाधिक प्रिभ्यु कलेक्सन (घरेलु बक्सअफिस)
एभेन्जर्स – इन्ड गेम (६० मिलियन)
– अघिल्लो रेकर्ड
स्टार वार्स – द फोर्स अवकेन्स (५७ मिलियन)

# सर्वाधिक छिटो १ बिलियन क्लबमा इन्ट्री )
एभेन्जर्स – इन्ड गेम (मात्र ५ दिन)
– अघिल्लो रेकर्ड
एभेन्जर्स – इन्फिनिटी वार (११ दिन)

भारतमा पनि रेकर्ड

विश्वका ४४ देशमा सबै रेकर्ड तोड्ने क्रममा छिमेकी मुलुक भारत पनि अछुतो रहेन । ५३.१० करोड नेट भारतीय कलेक्सनबाट ओपनिङ गरेको फिल्मले प्रत्येक दिन रेकर्ड राखिरहेको छ । सर्वाधिक छिटो सय करोड क्लब (मात्र दुई दिन)मा इन्ट्री गरेर रेकर्ड राखेको फिल्मले ३ दिनमै १ सय ५० करोडको आँकडा पार गर्न सफल भयो ।

दोस्रो दिन ५१.४० र तेस्रो दिन ५२.७० करोड कमाउदै फिल्मले भारतबाट मात्रै १५७.२० करोड भारु बटुलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्