‘इन्डियाज मोस्ट वान्टेड’ ट्रेलर: ओसामा खोज्न नेपाल आइपुगे अर्जुन



रंगखबर, काठमाडौँ – अर्जुन कपूर स्टारर फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’को ट्रेलर सार्वजनिक गरिएको छ । भारतसँगै नेपालमा छायाँकन गरिएको फिल्मलाई सत्यकथामा आधारित भनिएको छ ।

यो ५ जासुसीको कथा हो । अर्जुनसहित ४ जना भारतीय ओसामालाई पक्राउ गर्न नेपालको काठमाडौँसम्म पुग्छन । हतियार, सहयोग र पैसा बिना अपरेशनमा हिँडेका ५ जासुसीको कथा थ्रिलर बनाइएको छ । जसले दर्शकलाई बाँधिराख्ने संकेत देखाएको छ ।

२४ मेमा रिलिज हुने फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन् । फिल्ममा अर्जुनसँगै राजेश शर्मा, प्रशान्त, शान्तिलाल मुखर्जीलगायतको मुख्य भूमिका छ ।

लगातार फ्लप फिल्म दिइरहेका अर्जुन ‘इन्डियाज मोस्ट वान्टेड’बाट निक्कै आशावादी छन् । उनको पछिल्लो रिलिज ‘नमस्ते इंगल्याण्डले बक्सअफिसमा पानी भन्न पाएको थिएन ।

प्रतिक्रिया दिनुहोस्