प्रियंकाले ७२ लाखको पहिरण लगाउँदा, निकको हातमा ३२ लाखको घडी



रंगखबर, काठमाडौँ – विश्वकै सर्वाधिक ठुलो फेसन समारोह ‘मेट गाला – २०१९’ भव्यताका साथ न्यूयोर्कमा सम्पन्न भयो । ‘नोट्स अन फेसन’ थिममा आयोजित समारोहमा बलिउडबाट अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणले पनि सहभागिता जनाए ।

विश्वकै आकर्षक पहिरणमा बलिउड गर्लको उपस्थितिले यसपटकको गालामा चर्चा बटुल्यो । विशेष गरि प्रियंकाको पहिरणलाई लिएर दक्षिण एसियन देशमा भद्दा ट्रोल बने ।

डिओरको पोशाकमा सजिएकी प्रियंकाको उक्त आउटफिटको मुल्य कति थियो ? भारतीय मिडियाले यसको खुलासा गरेका छन्, जो मुल्य थाहा पाएर जो-कोहिको होस उड्न सक्छ ।

पति निक जोनससँग रेड कार्पेट नापेकी प्रियंकाले ७२ लाख नेपालीको आउटफिट लगाएकी थिइन् । त्यसमा १६ लाख नेपालीको त हिराको औँठी पनि थियो । त्यस्तै महँगो सेतो सुटमा उपस्थित भएका निकले ३८ क्यारेट हिराको घडी लगाएका थिए । जसको नेपाली मुल्य ३२ लाख हुन् आउँछ ।

प्रतिक्रिया दिनुहोस्