व्यापार प्रचारले हाइपमा ‘वीर विक्रम २’



रंगखबर, काठमाडौँ – ‘निर्माण कार्य जति गाह्रो छ, फिल्म रिलिज गर्न त्यो भन्दा चौगुणा गाह्रो।’ यो प्रत्येक नेपाली फिल्म मेकरले ओकल्ने लाइन हो । हुन् पनि निर्माणको क्रममा नभोगेका दु:ख रिलिजको समयमा मेकरहरुले भोग्ने गर्छन ।

रिलिजको समयमा सोलो मौका पाउन पनि उस्तै गाह्रो । नेपालमा सोलो मौका पाएपनि बलिउड र हलिउडको चपेटामा पर्नु पर्ने । यी सबै समस्यालाई छिचोल्न फिल्म बलियो हुनु पर्यो । त्यतिले मात्र पुग्दैन, व्यापक प्रचार-प्रसार पनि आवश्यक छ । तर, यतिले पनि कहाँ पुग्छ र ? सबैभन्दा ठुलो त ‘भाग्य’ हुनु पर्छ । होइन, भने ‘बुलबुल’ जस्तो उत्कृष्ट फिल्मले राम्रो प्रचार-प्रसारको वावजुत फ्लपको ट्याग भिर्नु पर्थेन ।

फिल्म जस्तो सुकै होस्, तर प्रचार त अति आवश्यक छ । किनकि, हामिसँग प्रचार मार्फत हाइप निर्माणले उकासिएर हिट भएका फिल्म पनि छन् ।

जेठ ३ गते रिलिज हुन् लागेको फिल्म ‘वीर विक्रम २’ले लोभलाग्दो प्रचार गरिरहेको छ । जसले गर्दा रिलिजको नजिक धेरै दर्शकको कानमा मुस्ताङी वीर, विक्रम र वादल गुन्जिसकेका छन् ।

मिलन चाम्स बलियो पब्लिसिटीमा ध्यान दिने निर्देशकको कोटीमा पर्छन । त्यसैमा अघिला केहि फिल्मले उत्कृष्ट व्यापार नगरेका कारण पनि ‘वीर विक्रम २’ चलाएर देखाउन पर्ने,  चुनौती उनलाई छ ।

चिनिएका कलाकार, गीत/संगीत र ट्रेलरमा दर्शकले देखाएको मायाले गर्दा फिल्मलाई प्रचारमा ‘प्लस प्वाइन्ट’ मिलेको छ । राजधानी बाहिरको प्रचार सकाएर टिमले उपत्यकाका बिभिन्न स्थानमा कन्सर्ट मार्फत दर्शक झुमाइसकेको छ । जसले गर्दा बक्सअफिसमा राम्रो अङ्क ल्याउने अपेक्षा बढ्दै गएको छ ।

फिल्ममा पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी माथि उल्लेखित पात्रमा प्रस्तुत हुँदैछन् । भने,अर्का मुख्य कलाकार बुद्दि तामाङ ‘बाघबहादुर’को भूमिकामा हुनेछन । व्यापक प्रचारमा उत्रिएको फिल्मले बुधबार राजधानीमा पर्पल कार्पेट प्रिमियर गर्दैछ । जो, नेपाली फिल्मको इतिहाँसमा पहिलो पटक गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्