कुम्भ करण ट्रेलर: सपना मिसको प्रेम र मृत्युको फन्दामा शिक्षक !



रंगखबर, काठमाडौँ – जेठ १७ गते रिलिज हुने फिल्म ‘कुम्भ करण’को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी र सस्पेन्स ट्रेलर मुख्य कलाकार निशा अधिकारी, भोलाराज सापकोटा, गौरव पहारी र अभय बरालको वरिपरि घुम्छ ।

एक गाउँले विद्यालयमा हुने शिक्षिका र शिक्षक बीचको प्रेम, द्वन्द र सस्पेन्स फिल्मले बोकेको छ । दीपक ओली निर्देशित फिल्ममा निशा अंग्रेजी मिसको भूमिकामा छिन् । आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा क्षेत्री, सदभाव थापालगायतका कलाकारको पनि अभिनय छ ।

चित्रबहादुर घर्तिमगर, क्षितिज बस्नेत र चुपनिधि रिजालले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता रोम ओली हुन् । फिल्ममा महेश दवाडीको कथा/पटकथा/संवाद, हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन र गोविन्द मधुर आचार्यको संगीत सृजना छ ।

प्रतिक्रिया दिनुहोस्