‘१२ सत्ताईस’को औपचारीक घोषणा



फिल्म ‘१२ सत्ताईस’को औपचारीक घोषणा भएको छ। शनिबार राजधानीमा पत्रकार सम्मेलन अग्र्दै निर्माण टिमले फिल्मको घोषणा गरेको हो। बेरोजगार युवाहरुको कथामा बन्न लागेको फिल्मलाई जौन योन्जन निर्देशन गर्ने भएका छन। रेणु राणा, दीपक खतिवडा र रुपक थापाले सयुक्त रुपमा निर्माण गर्ने फिल्ममा अभिषेक नेपाल, अस्मिता लामिछाने, काजी राना, सम्रान्त थापा, एभन राज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारको मुख्य भुमिका रहने छ भने समिर श्रेष्ठले यसै फिल्मबाट डेब्यु गर्दैछन । निर्देशक स्वयम् कै लेखन रहने फिल्ममा दीपक आजेको संगीत, प्रकाश मल्लको गीत लेखन, अनिस स्यांदेनको छायाँकन, विवेक लामाको मुख्य सहायक निर्देशन, शंकर बहादुर थापाको मेकअप, कृष्ण भण्डारीको सम्पादन सहने सिनेमाका प्रोडक्सन म्यानेजर धर्मेन्द धोज मल्ल हुन् ।

प्रतिक्रिया दिनुहोस्