‘आप्पा’को ‘अमला’ रिलिज



रंगखबर, काठमाडौँ – दयाहाङ स्टारर फिल्म ‘आप्पा’को नयाँ गीत सार्वजनिक गरिएको छ । बालमनोविज्ञानमा आधारित ‘अमला’ बोलमा दयासँगै सिद्धार्थराज तामाङ र अल्लोना काबो लेप्चा पनि फिचरिङ छन् ।

सुशान्त गौतम र एसडी योगीको संगीत रहेको गीतमा रेनशा वान्तवा राईले कोरियोग्राफी भरेकी छन् । भने, हर्क साउदको शब्दमा मेलिना राई र संगीतकार योगीले स्वर दिएका छन् ।

अनमोल गुरुङको लेखन तथा निर्देशन गरेको फिल्म अब पुर्व निर्धारित मितिमा रिलिज नहुने भएको छ । रुदेन सदा लेप्चाले निर्माण गरेको फिल्म असार १३ मा रिलिज हुनेछ । यसअघि जेठ २४ लाई फिल्मको रिलिज डेट तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्