सुशीलको ‘लभ डायरीज’ असोजमा, फर्स्टलूक पोस्टर आउट



रंगखबर, काठमाडौँ – फिल्म ‘लभ डायरीज’को फर्स्टलूक पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । निर्माण पक्षले दुई पोस्टर सार्वजनिक गरेको छ, जहाँ फिल्मको रिलिज मिति असोज ३ छापिएको छ ।

सौरभ चौधरी निर्देशित फिल्ममा सुशील श्रेष्ठ, रुबीना थापा र विश्वजित रिमालको मुख्य भूमिका छ । पोस्टरमा भने सुशील र रुबीना मात्र फिचरिङ छन् । एक पोस्टरमा रोमान्टिक देखिएका सुशील दोस्रोमा विन्दास छन् । रुबीना उनको गहिरो प्रेममा रहेको पोस्टरले प्रष्ट्याउछ ।

फिल्ममा सुशीलले विदेशी मोजमस्तीमा रमाएको युवकको भूमिका निर्वाह गरेका छन् । युवा युवती बिचको माया प्रेम र कमेडीलाई प्रस्तुत गरिएको फिल्म मनोरन्जनात्मकसँगै सन्देशमुलक रहेको निर्माण पक्षले बताएको छ ।

फिल्ममा विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतले पनि अभिनय गरेका छन् । विनोद सापकोटाले निर्माण गरेको फिल्ममा सरोज तुलाधरले साझेदारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्