डेढ महिना पछाडी धकेलियो ‘साइनो’



रंगखबर, काठमाडौँ – बरिष्ठ अभिनेत्री भुवन चन्दको निर्माणमा बनेको फिल्म ‘साइनो’को रिलिज डेट सारिएको छ । डबिङ, कलरिङ र मिक्सिङ लगायत प्राविधिक पक्षको काम नसकिएको कारण देखाउदै निर्माण पक्षले झन्डै डेढ महिना पछाडी रिलिज धकेलेको हो ।

जेठ १० गते रिलिज हुने भनिएको फिल्म अब साउन २४ मा रिलिज हुनेछ । रमेश थापा निर्देशित फिल्ममा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई लगायतको अभिनय छ ।

चन्द्र विनायक फिल्म प्रोडक्सनको व्यानरमा निर्माण गरिएको फिल्ममा अभिमन्यु निरवीको लेखन, रामेश्वर कार्कीको छायाँकन र वान नेपाल एक्सन टिमको द्वन्द छ ।

प्रतिक्रिया दिनुहोस्