सुशीलको ‘लभ डायरीज’सँगै सुमीको ‘सरौतो’



रंगखबर, काठमाडौँ – फिल्म ‘सरौतो’ रिलिज डेट तय भएको छ । हरी हुमागाईंको डेब्यु निर्देशन असोज ३ मा रिलिज हुनेछ । यहि मितिमा केहि दिन अगाडी मात्र फिल्म ‘लभ डायरीज’ले रिलिज लक गरेको थियो ।

’प्राविधिकको समय र वितरकसँगको छलफलपछी हामीले रिलिज मिति तय गरेका हौ’ निर्देशक हुमागाईंले भने ’फिल्मलाई राम्रो बनाउने कोसिस गरेका छौ , लेखिएको कुरा पर्दामा उतार्न सफल भएको महसुस भएको छ ।’ केहि विज्ञापन र भिडियो निर्देशन गरिसकेका हुमागाईंले भने ।

फिल्ममा सुमी मोक्तानले मुख्य भूमिका निर्वाह गरेकी छन् । यसअघिका फिल्ममा ग्ल्यामर प्रस्तुति दिएकी सुमीलाई ‘सरौतो’ भने एक्सन अवतारमा देख्न सकिनेछ । फिल्ममा विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राण, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मैषा पुन मगर, प्रतिक दुलाल, मनोज तामाङ  लगायतले पनि अभिनय गरेका छन् ।

विरान्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स र ग्लिटर फिल्मस स्टुडियोमा निर्मित सिनेमामा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायाँकन, शंकर महर्जनको एक्सन, निमेष श्रेष्ठको सम्पादन र राजन राज शिवाकोटी/पुष्पन प्रधान/कमल खत्री/कोसिस क्षेत्री छ ।

प्रतिक्रिया दिनुहोस्