‘जात्रै जात्रा’लाई मिठो प्रतिक्रिया



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि अलनेपाल रिलिज भएको फिल्म ‘जात्रै जात्रा’ले प्रेस शोमा राम्रो प्रतिक्रिया बटुल्न सफल  भएको छ । शुक्रबार विहान राजधानीमा गरिएको प्रेस शोमा फिल्मलाई सबै दर्शकले रुचाए ।

प्रदीप भट्टराई निर्देशित फिल्म हेर्न विपिन कार्की र वर्षा राउतसँगै सन्जोग कोइराला पनि शोमा उपस्थित थिए । फिल्म हेरे पश्चात टिमले सबै दर्शकबाट मिठो प्रतिक्रिया बटुल्यो । फिल्मको कमेडी र इमोसनल पार्टले दर्शक होल्ड गर्ने पत्रकारले प्रतिक्रिया दिए ।

१० किलो सुन वरिपरि घुम्ने फिल्ममा विपिन र वर्षासँगै रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दयाहाङ राई, जाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापा मगर, प्रियंका झा लगायतका कलाकारको पनि अभिनय छ ।

त्यस्तै शुक्रबारबाटै मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम २’ पनि प्रदर्शनमा आएको छ । प्रेम र मित्रताको कथा भन्ने फिल्ममा पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्दि तामाङको मुख्य भूमिका छ । हलिउड फिल्म ‘जोन विक: च्याप्टर ३’ र ‘हाउ टु ट्रेन योर ड्रागन: द हिडन वर्ल्ड’ पनि बक्सअफिसमा रिलिज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्