सबिनलाई लाग्यो ‘काउसो’ !



रंगखबर, काठमाडौँ – जेठ १७ गते रिलिज हुने फिल्म ‘काउसो’को शिर्ष गीत सार्वजनिक गरिएको  छ । बिकाश चौधरीको संगीत रहेको गीतमा सबिन श्रेष्ठ, अनु पराजुली र अर्जुन गुरुङले कम्मर मर्काएका छन् ।

मदन घिमिरेको शब्द सृजना रहेको गीतमा रामचन्द्र काफ्ले र जुनु प्रसाई काफ्लेले स्वर दिएका छन् । भने, गीतको कोरियोग्राफी विक्रम स्वाँरले गरेका छन् ।

मदन घिमिरेले निर्देशन गरेको फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नबिन आचार्य ,सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनीका बास्तोला ,उग्रसेन ढुंगाना, अनु पराजुली र बाल कलाकारमा असिम तिमिल्सिनाले अभिनय गरेका छन् ।

राजेन्द्र बस्नेतको प्रस्तुतिमा भगवान खति कार्यकारी निर्माता रहेको फिल्ममा सिताराम तिमिल्सिना ‘ज्याक’ले लगानी भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्