कस्तो रह्यो ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’को व्यापार ?



रंगखबर, काठमाडौँ – शुक्रबार रिलिज भएका फिल्म ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ले शनिबारको दिन हलमा दर्शक भरेका छन् । प्रदीप भट्टराई निर्देशित ‘जात्रै जात्रा’ले मल्टीप्लेक्समा आक्रामक व्यापार गर्दा सिंगल स्क्रिनमा पनि दर्शकको साथ उल्लेख्य रह्यो । शुक्रबार पनि फिल्मको व्यापार सुखद थियो ।


त्यस्तै मिलन चाम्सले निर्देशन गरेको ‘वीर विक्रम २’ले सिंगलका अधिकाँस शोज भर्न सफल भयो । भने, मल्टीप्लेक्समा ६० देखि ७० प्रतिशत बीच हल भरिए । शुक्रबार कमजोर देखिए पनि शनिबार पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दि तामाङको प्रेम र मित्रतालाई दर्शकले भरपुर साथ दिएका छन् ।

‘वीर विक्रम २’ले दर्शकबाट मिश्रीत प्रतिक्रिया पाउँदा ‘जात्रै जात्रा’ले भने सकारात्मक प्रतिक्रिया पाएको छ । अब हेर्न बाँकी छ, पहिलो विकेन्डको समाप्तिसम्म यी फिल्मले दर्शक माँझ कस्तो प्रभाव छोड्ने छन् । विकेन्डको व्यापार र प्रतिक्रियाले फिल्मको आयु निर्भर गर्नेछ । दुवै फिल्मको व्यापारिक अंक भने सार्वजनिक भैसकेको छैन ।

१० किलो सुनको कथामा बनेको फिल्म ‘जात्रै जात्रा’मा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत र दयाहाङ, राजाराम पौडेलको मुख्य भूमिका छ ।

 

प्रतिक्रिया दिनुहोस्