सन्तुलित ‘जात्रै जात्रा’



रंगखबर, काठमाडौँ – पछिल्लो समय प्रदर्शनमा आएका फिल्मले दर्शक र समिक्षकबाट खासै तारिफ पाउँदैनन् । बक्सअफिसमा राम्रो व्यापार गरेका फिल्म समिक्षकको नजरमा खरो उत्रन सक्दैनन् । त्यस्तै समिक्षकले सहराएका फिल्म बक्सअफिसमा नराम्रोसँग पिटिएको उदाहरण थुप्रै छन् ।

यसले समिक्षक र मेकर बीचको सम्बन्ध बिग्रिएको छ । प्रत्येक साता फिल्म रिलिज हुँदा समिक्षक, मेकर र दर्शक सन्तुलनमा रहँदैनन् । तर, शुक्रबारदेखि प्रदर्शनमा आएको ‘जात्रै जात्रा’ले यी तत्वमा सन्तुलन कायम गर्न सफल भएको छ ।

प्रदीप भट्टराई निर्देशित फिल्मलाई दर्शक र समिक्षकले राम्रो बोलेका छन् । र, बक्सअफिसको व्यापार पनि सकारात्मक छ । यसअर्थमा ‘जात्रै जात्रा’ सबै कोणबाट सफल देखिएको छ । फिल्मको ‘वर्ड अफ माउथ’ बलियो हुँदा बक्सअफिसमा लामो रेस तय गर्ने संकेत देखा परेको छ ।

तीन वर्ष अगाडी बक्सअफिसमा मध्यम सुरुवात गरेको ‘जात्रा’ले ५१ दिने लामो यात्रा गर्न सफल भएको थियो । अब हेर्न बाँकी छ, ‘जात्रै जात्रा’ कति दिनसम्म हलमा टिक्नेछ ।

१० किलो सुनको कथा वरिपरी घुम्ने फिल्ममा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत र दयाहाङ राईको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्