मल्टीस्टारर ‘पोइ पर्यो काले’मा सौगात र पूजाको जोडी



रंगखबर, काठमाडौँ – मल्टीस्टारर फिल्म ‘पोइ पर्यो काले’को शुभ मुर्हूत गरिएको छ । शिशिर राणाले निर्देशन गर्ने फिल्मका मुख्य कलाकार सौगात मल्ल, पूजा शर्मा, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ, सुरक्षा पन्त र सोहित मानन्धर हुन् । यिनका अलावा फिल्ममा राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामा, गोपाल ढकाल (छन्दे)को पनि अभिनय रहनेछ ।

राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईले निर्देशकको भूमिका निर्वाह गर्दा चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले क्ल्याप ठोके । भने , निर्देशक सम्झना उप्रेती रौनियारले क्यामरा अन गरिन । वितरक गोपालकाजी कायस्थले नरिवल फूटाउँदै सबैले सफलताको शुभकामना व्यक्त गरे ।

कमेडी जनराको फिल्ममा सौगात र पूजाले जोडी बाँध्नेछन् । जेठ १३ बाट फ्लोरमा जाने फिल्मलाई आगामी दिपावलीको अवसर पारेर कार्तिक ८ गते रिलिज गरिने बताइएको छ ।

सुवास भुसाल/ पुरुषोत्तम न्यौपानेको संगीत रहने फिल्ममा शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन र कविराज गहतराज/रामजी लामिछाने/रविन शाहको कोरियोग्राफी रहनेछ ।

श्याम बहादुर थापा प्रस्तुतकर्ता रहने फिल्मलाई दिपक मनाङ्गे र अ.देवी राईले निर्माण गर्नेछन् । फिल्मको कार्यकारी निर्मातामा किरण नेपाली र रघु परियार छन् । भने, अर्जुन खनिया र देव तामाङको सह-निर्माण रहनेछ ।

प्रतिक्रिया दिनुहोस्