सलमानको ‘भारत’लाई झट्का, रिलिजको मुखमा सर्वोच्चमा मुद्दा दायर



रंगखबर, काठमाडौँ – रिलिजको मुखमा रहेको फिल्म ‘भारत’ ठुलो समस्यामा परेको छ । सलमान खान, कट्रिना कैफ स्टारर फिल्मविरुद्द दिल्ली सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

पब्लिक इन्टेरेस्ट लिटिगेशन (पि.आइ.एल.)ले फिल्मको शिर्षकलाई लिएर आपत्ति जनाएको हो । फिल्मको शिर्षक ‘सेक्सन ३ प्रतिक र नामको (अनुचित उपयोगको रोकथाम) कानुन उल्लङ्घन’ बताइएको छ ।  जस अनुरुप ‘भारत’ शब्द व्यक्तिगत र व्यावसायिक रुपमा प्रयोग गर्न पाइदैन ।

पि.आइ.एल.ले ‘भारत’ शब्द फिल्मको शिर्षकमा प्रयोग गर्दा जनताको भावनामा ठेस पुगेको बताएको छ । त्यसैले उ चाहन्छ, फिल्मको शिर्षक रिलिज अगावै परिवर्तन गर्नु पर्नेछ । उसले ट्रेलरमा सलमानले बोलेको एक संवाद पनि परिवर्तन गर्नु पर्ने बताएको छ । जहाँ सलमानले आफ्नो नामको तुलना देशसँग गरेका छन् ।

 

यसअघि शिर्षककै कारण विवादमा फसेका ‘पद्मावती’ र ‘चिट इन्डिया’ले समेत रिलिजको मुख्यमा शिर्षक परिवर्तन गर्नु परेको थियो । संजयलीला भन्साली निर्देशित ‘पद्मावती’लाई परिवर्तन गरेर ‘पद्मावत’ बनाइएको थियो । भने, सौमिक सेन निर्देशित ‘चिट इन्डिया’को अगाडी ‘ह्वाई’ थपिएको थियो ।

अब हेर्न बाँकी छ, ‘भारत’ नाम परिवर्तन हुँदा कुन शिर्षक पाउने छ । अलि अब्बास जफर निर्देशित ‘भारत’ ५ जुनमा रिलिज हुँदैछ । फिल्ममा ज्याक्की श्रोफ, दिशा पटानी र सुनिल ग्रोवरजस्ता कलाकारले पनि अभिनय गरेका छन्

प्रतिक्रिया दिनुहोस्