अनुपको टिप्पणी, ‘अनमोल, प्रदीप र पल डार्लिङ एक्टर्स’



रंगखबर, काठमाडौँ –  लूक्सका कारण सर्वाधिक चर्चामा रहने अनमोल केसी, प्रदीप खड्का र पल शाह जस्ता अभिनेतालाई अभिनय फिटिक्कै आउँदैन भन्ने आरोप सदैव लागिरहन्छ ।

करिब आधा दर्जनको हारहारीमा फिल्म खेलिसकेका यी अभिनेताले प्रत्येक फिल्म रिलिज हुँदा अभिनयको कारण आलोचित बनिरहनु परेको छ । उनिहरुको लूक्सकै कारण चर्चा धेरै हुन्छ । बक्सअफिसमा दर्शक ओइरिञ्छन । त्यसैले पारिश्रमिकको हकमा विपिन कार्की, दयाहाङ राई, सौगात मल्लजस्ता उम्दा अभिनय गर्ने कलाकारलाई उछिनेका छन् ।

अभिनयका गुरु मानिने अनुप बराल ‘गूड लूक्स’ले डोर्याईरहेको फिल्मी क्षेत्रलाई लिएर त्यति सन्तुष्ट छैनन् । यहाँ अभिनेताको मुल्यांकन अभिनय भन्दा पारिश्रमिकमा जोखेर गरिन्छ । यसलाई तपाईंले कसरी लिनुभएको छ ? भन्ने शुक्रबारको प्रश्नमा यसरी प्रस्तुत भए ।

‘सबैभन्दा ठूलो समस्या नै यही भइदियो । एउटा कलाकारको सफलताको मापदण्ड त अभिनयभन्दा पनि पैसा भइदियो ! अभिनेताले पैसै माग्नुहुँदैन, कमाउनुहुँदैन भन्ने त होइन तर पैसा नै क्षमता मापनको मानक हुनुभएन ।’

त्यस्तै अनमोल, प्रदीप र पलको टिप्पणी गर्दै ‘डार्लिङ एक्टर्स’को ट्याग भिडाइ दिएका छन् । उनले अन्तर्वार्तामा अगाडी भनेका छन् ‘डार्लिङ एक्टरको मोह के हुन्छ भने उनीहरु आफ्नो रुप, आफ्नो लुगाहरु एकदमै राम्रो बनाएर हिँड्न खोज्छन् । उनीहरुलाई मान्छेहरुले मन पराइदिए पुग्छ । कहिलेकाहीँ क्यारेक्टरलाई आत्मसात गर्ने क्रममा निधार पनि खुम्चाउनुपर्ने हुन्छ, चिच्याउदा अनुहार नराम्रो देखिन सक्छ । हो, अनुहारलाई नराम्रो देखाउने त्यस्ता दृश्यहरु उनीहरु गर्न रुचाउँदैनन् । दाँत राम्रो देखिन्छ भन्ने लाग्यो भने ऊ सँधै मुस्काएर अभिनय गर्न खोज्छ । डिम्पल छ भने सधैँ डिम्पलकै पछि दौडिन्छ । उनीहरु एक किसिमको ‘नार्सिज्म’ले ग्रस्त हुन्छन् । आफ्नो क्षमता बढाउने हो भने विविधता दिन सक्नुपर्छ । कति लभरब्वाय भएर खेल्ने ?’

प्रतिक्रिया दिनुहोस्