प्रहरीको गिरफ्तारमा मिम नेपालका प्रणेश र आदर्श



रंगखबर, काठमाडौँ –  ‘वीर विक्रम २’को समिक्षा प्रकरणमा परेका मिम नेपाल दुई जना सदस्यलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि मिम नेपालका होस्ट प्रणेश गौतम र आदर्श मिश्रलाई प्रहरीले गिरफ्तार गरेको हो । गौतमलाई प्रहरीले हिरासतमा राखेको छ भने मित्र साधारण तारेखमा रिहा भएका छन् ।

‘वीर विक्रम २’ निर्माता एवं निर्देशक मिलन चाम्सले फिल्म र कलाकारको मानमर्दन हुने गरेर रिभ्यू गरेको भन्दै च्यानलविरुद्ध गतसाता महानगरीय प्रहरी वृत्त टेकुमा उजुरी गरेका थिए ।

आगामी साता अदालतले अन्तिम सुनुवाई गर्दैछ । तीनपुस्ते विवरण नपुगेको भन्दै अदालतले पक्राउ पूर्जी जारी गर्न ढिलाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्