क्लबमा मस्त साम्राज्ञी र पुष्प !



रंगखबर, काठमाडौँ – प्रतिक्षित फिल्म ‘मारुनी’को पहिलो गीत सार्वजनिक गरिएको छ । मुख्य कलाकार साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्प खड्का फिचरिङ डान्सिङ नम्बरबाट पार्श्वसंगीतमा दीपक बज्रचार्यले डेब्यु गरेका छन् । उनले पछिल्लो गीत ‘मन मगन’बाट अत्याधिक लोकप्रियता कमाएका थिए ।

भव्य रुपमा क्लबमा खिचिएको गीतमा साम्राज्ञी र पुष्पले डान्सको स्टेप्स लगाएका छन् । रिक्की शाक्यको शब्द सृजना रहेको गीतमा दीपककै स्वर छ । भने, प्रविण सिंहको कोरियोग्राफी छ ।

‘मारुनी – कलर्स अफ लाइफ’लाई लोकप्रिय निर्देशक नवल नेपालले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेमकथामा साम्राज्ञी र पुष्पसँगै रेविका गुरुङले मुख्य भूमिका निर्वाह गरेकी छन् ।

पूनम गौतमले निर्माण गरेको फिल्ममा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई, सुशील क्षेत्रीको पनि अभिनय छ ।

भदौ १३ गते अलनेपाल रिलिज हुने फिल्ममा दीपक बज्रचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, मित्र डि गुरुङको सम्पादन र गोविन्द फुयाल/नवल नेपालको लेखन छ ।

प्रतिक्रिया दिनुहोस्