‘बाहुबली २’ पश्चात ‘साहो’ लिएर आए प्रभास (टिजरसहित)



रंगखबर, काठमाडौँ – प्रभास र श्रद्धा कपूर स्टारर फिल्म ‘साहो’ टिजर रिलिज गरिएको छ । चार भाषामा निर्माण भएको फिल्मको टिजर खतरनाक एक्सन दृश्यले भरिएको छ ।

तीन भाषामा रिलिज गरिएको १ मिनेट ३९ सेकेण्डको टिजरले दर्शकमा कौतुहलता जगाउँछ । ब्लकबस्टर ‘बाहुबली २’ पश्चात प्रभासको यो पहिलो फिल्म हो । टिजरमा कहानीको बारेमा केहि खुलाइएको छैन । तर, कलाकारको अवतारबाट पर्दा हटाईएको छ । यो फिल्म  तामिल, तलेगु, मलयालम र हिन्दि भाषामा रिलिज हुनेछ ।

टिजरमा ज्याकी श्रोफ, नील नीतिन मुकेश, चंकी पाण्डेको अवतार पहिलो पटक झल्काइएको छ । भारतको सबैभन्दा ठुलो ‘एक्सन इन्टरटेनर’ बताइएको फिल्म १५ अगस्तमा रिलिज हुँदैछ । टिजरमा कमालको भिएफएक्स प्रयोग गरिएको छ । भने, ब्याकग्राउण्ड स्कोर उम्दा छ ।

सुजित रेड्डी निर्देशित फिल्म भारतकै दोस्रो सर्वाधिक महँगो सिनेमा हो । यसको लागत ५ सय करोड भारतीय बताइएको छ । यसअघि सर्वाधिक महँगो फिल्मको रुपमा रजनिकांत र अक्षय कुमारको ‘२.०’ रेकर्ड भएको छ ।

प्रतिक्रिया दिनुहोस्