२९ दिनमै प्याकअप ‘रातो टिका निधारमा’



रंगखबर, काठमाडौँ – अशोक शर्माको निर्देशनमा फिल्म ‘रातो टिका निधारमा’को छायाँकन २९ दिनमै सकिएको छ । टिमको राम्रो साथ, सहयोग र मौसमको कारण २९ दिनमै छायाँकन सकिएको निर्देशक शर्माले बताए ।

दशैँमा रिलिज हुने फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित खड्काको मुख्य भूमिका छ । निर्देशक शर्माका छोरा अंकितको लागि यो डेब्यु फिल्म हो । यी दुईको अलावा फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतको पनि अभिनय अभिनय छ ।

फिल्मको शिर्ष गीत केहि सातामा सार्वजनिक गरिने निर्माण पक्षले बताएको छ । ‘अल्लारे’ फिल्मको ‘रातो टिका निधारमा’ बोलमा साम्राज्ञी र अंकित फिचरिङ छन् । ओर्जिनल भर्सनमा राजेश हमाल र करिश्मा मानन्धरले लगाएको ठुम्का अहिले पनि दर्शकको मानसपलटमा ताजै छ ।

ए.ए ग्रुप अफ कम्पनीजको व्यानरमा फिल्मलाई किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा/कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।

प्रतिक्रिया दिनुहोस्