‘पूर्वै चल्नेया रेल’मा सन्ध्याको ठुम्का



रंगखबर, काठमाडौँ – फिल्म ‘एकलब्य’को रिलिज डेट तय गरिएको छ । साथै, टिमले पहिलो गीत पनि सार्वजनिक गरेको छ । अनमोल शर्माको डेब्यु निर्देशन रहेको फिल्म अब साउन १० गते रिलिज हुनेछ ।

‘पूर्वै चल्नेया रेल…’ बोलको गीत सार्वजनिक गर्दै निर्माण पक्षले प्रचार-प्रसारको पनि थालनी गरेको छ । लोकलयमा आधारित गीतमा सोनाम थापा मगर र मोडल सन्ध्या भट्टराईले ठुम्का लगाएका छन् । भने, गीतमा मुख्य कलाकार ओसिन भट्टराईलाई पनि प्रस्तुत गरिएको छ ।

राजेन्द बजगाईंको शब्द, संगीत रहेको गीतमा कविराज गहतराजले कोरियोग्राफी भरेका छन् । सय भन्दा बढी कोरस प्रयोग गरिएको गीतले फिल्मको हाइप बढाउन मद्दत पुग्ने निर्माणले पक्षले आशा लिएको छ ।

फिल्ममा सोनाम र ओसिनसँगै महिमा सिलवाल, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनलगायतको अभिनय छ । दर्जन बढी फिल्म सहायक निर्देशकको रुपमा काम गरिसकेका अनमोलले यहि फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । उनले फिल्मको कथाबस्तु पारिवारिक प्रेमकथा रहेको बताए ।

फिल्मलाई राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरले निर्माण गरेका हुन् । राजेन्द बजगाईंको संगीत रहेको फिल्ममा भोजराज देवकोटाको पटकथा/संवाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्