‘साइनो’को नयाँ गीतमा टिक-टक च्यालेन्ज घोषणा



रंगखबर, काठमाडौँ – अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साइनो’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘कुन माया साइनो’ बोलको गीत रिलिज गरेसँगै निर्माण पक्षले टिक-टक च्यालेन्ज पनि आव्हान गरेको छ ।

नीता ढुंगाना, मीरुना मगर र राज कुमार फिचरिङ गीतको कुनै पनि टुक्कामा टिक-टक बनाएर इच्छुकले सहभागिता जनाउन सक्नेछन् । यसरि बनाइएको भिडियो ‘साइनो नेपाली मुभि’को पेजमा ट्याग अथवा सेन्ड गर्नु पर्नेछ ।

च्यालेन्जमा उत्कृष्ट हुने भिडियोलाई निर्माण टिमले आकर्षक पुरस्कार पनि तय गरेको छ । जस अनुरुप प्रथम हुने भिडियोलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारको दरले पुरस्कार छुट्टयाइएको छ ।

त्यस्तै पाँच जनालाई गिफ्ट ह्याम्पर र दुई जना भाग्यशालीलाई आस्था कला केन्द्रमा १ वर्षको लागि प्रशिक्षणको व्यवस्ता गरिनेछ ।

सार्वजनिक गीतमा एलिश कार्कीको संगीत छ । भने, प्रताप दास र जीना रसाइलीले स्वर दिएका छन् । राजेशकुमार श्रेष्ठले लेखेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

रमेश थापा निर्देशित फिल्ममा भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

शरण थापा कार्यकारी निर्माता रहेको फिल्म साउन २४ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्