प्रेममा आयुषमान र शिल्पा !



रंगखबर, काठमाडौँ – आयुषमान देशराज जोशी र शिल्पा मास्के अभिनित फिल्म ‘सानो मन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । रोमान्टिक नम्बरमा आयुषमान र शिल्पा बीचको गहिरो प्रेम देखाइएको छ ।

रोहित जोन क्षेत्रीको स्वर रहेको गीत मिठो बनेको छ । स्वप्निल शर्माले शब्द सृजना गरेको गीतमा सुयोग सोताङको संगीत छ । थाइल्याण्ड र नेपालमा छायाँकन गरिएको फिल्ममा त्यहाँको रमणीय दृश्य कैद गरिएको छ ।

पछिल्लो फिल्म ‘प्रेम दिवस’ बक्सअफिसमा असफल भएपछी आयुषमान ‘सानो मन’बाट आशावादी छन् । त्यस्तै शिल्पाको लागि पनि यो फिल्म हिट हुन् अति आवश्यक छ । किनकी, शिल्पाको लगातार दुई फिल्म असफल भैसकेका छन् ।

सुयोग गुरुङ निर्देशित फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारको पनि अभिनय छ । असार २० गते रिलिज हुने फिल्मलाई ओपीजी फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको हो । फिल्ममा योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरको लगानी छ ।

https://youtu.be/IViF_GvPZz8

प्रतिक्रिया दिनुहोस्