अनलक्की शाहिद: दशक बित्दा एउटै फिल्म हिट भएन, अब चम्किएला करिअर ?



रंगखबर, काठमाडौँ – दमदार अभिनय गर्ने बलिउड अभिनेता शाहिद कपूर बक्सअफिसमा भने अनलक्की सावित हुँदै आएका छन् । तर, पछिल्लो दुई वर्षको समय उनको लागि राम्रो गैरहेको छ ।

गत वर्ष रिलिज भएको ‘पद्मावत’ पश्चात पुन: साहिद बक्सअफिसमा चम्किएका छन् । यसै साता रिलिज भएको उनको फिल्म ‘कबिर सिंह’ले ३ दिनमै लगानी उठाएर नाफाको बाटो तर्फ लम्किएको छ ।

६० करोड बजेटमा निर्मित फिल्मले पहिलो विकेन्डमा ७० करोड कमाइसकको छ । जसले शाहिदको स्टारडम फर्किएको चर्चा हुन् थालेको छ । फिल्मले समिक्षक र दर्शकबाट प्रशंसा बटुलिरहेको छ । त्यसैले लामो रेसको घोडा बन्ने अनुमान लगाइएको छ ।

अघिल्ला फिल्म ‘हैदर’, ‘पद्मावत’, ‘उड्ता पंजाव’, ‘रंगून’मा जस्तै ‘कबिर सिंह’बाट पनि शाहिदको अभिनयको चौतर्फी चर्चा भैरहेको छ । बक्सअफिस र अभिनयमा सफलता पाउँदा उनको लागि २०१९ राम्रो जाने संकेत देखा परेको छ ।

एक दशकमा एउटै फिल्म हिट भएन

सन् २००३ मा ‘इश्क विश्क’बाट डेब्यु गरेका शाहिदको करिअर २००७ सम्म उतार-चढावपूर्ण रह्यो । यो पाँच वर्षको अवधिमा उनले १ ब्लकबस्टर, १ हिट, २ एभरेज र ६ ओटा फ्लप फिल्म दिए । यस बीचमा उनको ‘विवाह’ ब्लकबस्टर सावित भएको थियो । भने, ‘जब वी मिट’ हिट रह्यो ।

सन् २००८ देखि २०१७ सम्म भने शाहिदले हिट फिल्मको खुसियाली साट्न पाएनन् । एक दशकमा रिलिज भएका १५ मध्ये १० फिल्म फ्लप भए । जम्मा ५ फिल्मले मात्र लगानी उठाउन सफल भए । बरु ‘हैदर’ र ‘उड्ता पंजाव’बाट मात्रै ११ ओटा अवार्ड हात पारे ।

बक्सअफिसमा फिल्म सफल नभएपनि दमदार अभिनयको कारण शाहिदको हात खाली भएन । सन् २०१८ मा रिलिज ‘पद्मावत’ ब्लकबस्टर भएपछि शाहिदको दिन पुन: फिरेका छन् । तर, लगातार हिट फिल्म दिन भने चुकेका छन् । २०१८ मै रिलिज भएको ‘बत्ति गुल मिटर चालु’ भने बक्सअफिसमा फ्लप सावित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्