‘मालिका’ निर्माता पक्राउ पर्दा रेखाको आक्रोशपूर्ण स्टाटस



रंगखबर, काठमाडौँ – सोमबार साँझ फिल्म ‘मालिका’का निर्माता एवं लेखक नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेपछि अभिनेत्री रेखा थापाले प्रहरी र सरकारप्रति आक्रोश पोखेकी छन् ।

फेसबुकमा स्टाटस लेख्दै थापाले प्रहरी र सरकारको उक्त कदमलाई नालायकपन र पाखण्डको संज्ञा दिएकी छन् ।

उनि लेख्छिन ‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियाे आज ! सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ। धकेलेर, भरखरै मारौंला जस्तो गरेर गणतान्त्रिक लाेकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो। सामाजिक विषयका बारेमा छलफल गर्दै गर्दा उहाँलाई अपराधिलाई जसरी किन पक्राउ गरेको भनेर साेध्दा विप्लव समर्थक भएर रे ? यो जस्तो नालायक र पाखण्ड जवाफ अरु के हुन सक्छ ? कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रहेका कार्कीलाई समर्थनको आधारमा प्रहरीले पक्राउ गरेको हो । गत वर्ष एक भव्य कार्यक्रमका बीच कार्कीले विप्लप समुहमा प्रवेश गरेका थिए । प्रहरीले अनुसन्धानको लागि कार्कीलाई नियन्त्रणमा लिएको बताएको छ । कार्कीलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्