‘गाजाको राजा’ ट्रेलर सेयर गर्नुस, थाईल्याण्ड जानुस



रंगखबर, काठमाडौँ – वेव सिरिज ‘गाजाको राजा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।    सार्वजनिक प्रोमोमा सिरिजका दुई मुख्य पात्रहरुलाई फिचर्ड गरिएको छ।  गाजाको कुलतमा लागेपछि आउने समस्या र त्यसबाट पर्ने असरलाई ट्रेलरमा समावेश गरिएको छ। यसै वेव सिरिजबाट सिरिजकी मुख्य कलाकार रशिका श्रेष्ठले ग्लामर क्षेत्रमा डेब्यु गर्दै छिन।  हुनत उनि टिकटकमा पनि सुपचित नाम हो। यस अघि ‘तिम्रो ल्याङ ल्याङ ‘नामक  सफल वेव सिरिज बनाई सकेका कलाकार  सुमन चित्रकार श्रेष्ठ यो वेव सिरिज पनि सफल हुनेमा ढुक्क छन।

ट्रेलर सार्वजनिकसँगै सिरिजका निर्माण टिमले एउटा आकर्षक स्किम पनि ल्याएको छ। सिरिजको ट्रेलर सेयर गर्ने दुई जनाले  थाईल्याण्ड घुम्न जना पाउने अवसर पाउने छन।  जसकालागि  जति सक्दो धेरै ट्रेलर सेयर गर्नु पर्ने हुन्छ।

https://www.youtube.com/watch?v=fzDWgy4R-FM

सिरिजको कथा तथा निर्देशन सुमन चित्रकार श्रेष्ठ आफैले गरेका हुन्।  सुबाश श्रेष्ठ र राम राईको छायांकन रहेको वेव सिरिजलाई सुबाश गुरुङले सम्पादन गरेका हुन्।  सिरिज यहि असारको अन्त्यमा ‘आमा टि. भी.’को अफिसियल युटुब च्यानलबाट प्रशारण हुदैछ।

प्रतिक्रिया दिनुहोस्