गायिका कविता शिवाकोटीको तीज गीत सार्वजनिक- भिडियो



रंगखबर, काठमाडौँ – पछिल्लो समयमा नेपाली गीत संगीत क्षेत्र लगायत टिकटकमा ‘सिम्पल डिम्पल” भन्ने गीतको चर्चा निकै चलेको छ । ‘सिम्पल डिम्पल” भन्ने गीत हिट भए पछि गायिका कविता शिवाकोटीको पनि निकै चर्चा चलेको छ । चर्चित गायक तथा संगीतकार टन्क बुढाथोकीको साथमा सिम्पल डिम्पल बोलको गित सार्वजनिक भए लगतै गायिका कविता शिवाकोटी दर्शकहरुको नजरमा परेका छन् र विभिन्न स्टेज कार्यकर्महरुमा निम्तो समेत आउन थालेको छ । नेपाली गीत संगीत र नेपाली संगीतलाई माया गर्ने दर्शकहरुलाई भगवान सम्झने गायिका फेरी हिन्दु नारीहरुको महान चाडको अवसर परेर दर्शकहरुको लागी तीज गीत ( सानो छँदा ) पतीदेब ३ सार्बजनिक गरेका छन् ।

 

उक्त गीतमा गायिका कविता शिवाकोटीकै आवाज र शब्द / कृष्ण उदासी र संगीत गौरव दर्पणको संगीत सयोजक सचिन सिह रहेको छ भने छायकनमा उत्तम हुमागाईको रहेको छा भने सम्पादनमा बिकाश दाहालको रहेको छ र निर्देशन भने निशान कस्याप रहेको छ भने भिडियोमा अहिलेको चर्चित नायिका वर्षा शिवाकोटीको निकै मिठो अभिनय हेर्न सकिन्छ भने बर्षालाई साथ दिनु भएको छ नब नायक महेश खड्काले ।

 

प्रतिक्रिया दिनुहोस्