कंगना र राजकुमारको ‘वखरा स्वाग’



रंगखबर, काठमाडौँ – सन् २०१४ को लोकप्रिय जोडी कंगना रनाउत र राजकुमार राव पाँच वर्षपछि फिल्म ‘जजमेन्टल हे क्या’बाट कमब्याक हुँदैछन् । पाँच वर्ष अगाडीको सुपरहिट फिल्म ‘क्विन’ पश्चात यो जोडी पर्दामा देखिएको थिएन ।

फिल्मको ट्रेलर पनि सार्वजनिक भैसकेको छ । चर्चा पनि उस्तै छ । लामो समय पश्चात पर्दामा अभिनयको पागलपन हेर्न दर्शक आतुर छन् । कंगना र राजकुमार अभिनय क्षमताको कारण जहिले चर्चामा रहन्छन ।

‘जजमेन्टल हे क्या’को ट्रेलरमै यी दुई यसपटक पनि मनोरंजन दिने संकेत दिइसकेका छन् । यसै बीच ‘जजमेन्टल हे क्या’को गीत सार्वजनिक गरिएको छ ।

‘द वखरा स्वाग’मा कंगना र राजकुमारको गज्जब केमेस्ट्री प्रस्तुत गरिएको छ । गीतको बिट, शब्द, र्यापमा यी दुईले पंजावी स्वाग (लूट) मच्चाएका छन् । कंगनाको अवतारले दर्शकको ध्यान केन्द्रित गर्छ ।

नव इन्दरको रिमेक भर्सनमा लिजा मिश्रले स्वरमा साथ दिएकी छन् । अमेरिकन-इण्डियन र्यापर राजा कुमारीले रिमेकमा स्वर दिएकी छन् । गीत रिलिज पश्चात राजाकुमारीको पनि चौतर्फी चर्चा भैरहेको छ । तनिश्क बाग्चीको संगीत रहेको गीतमा  बोसको मार्टिसले कोरियोग्राफी भरेका छन् ।

प्रकाश कोवेलमुडी निर्देशित फिल्म २६ जुलाईमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्