पाँचौँ ब्याक-टू-ब्याक हिटले व्यस्त आयुषमान



रंगखबर, काठमाडौँ – सन् २०१२ मा फिल्म ‘विक्की डोनर’बाट डेब्यु गरेका अभिनेता आयुषमान खुराना यतिखेर उत्कृष्ट लयमा छन् । उनले अभिनय गरेका फिल्मले लगातार सफलता पाउँदा व्यस्तता पनि निक्कै बढेको छ ।

गत वर्ष मात्रै २ वटा सुपरहिट फिल्म दिएका चण्डीगढका यी ह्याण्डसमको अहिले ‘आर्टिकल १५’ सफलताको साथ प्रदर्शन भैरहेको छ । तर, उनले यो फिल्मको सफलताको उत्सव चाख्न पाएका छैनन् ।

‘आर्टिकल १५’ले १५ दिने लामो प्रदर्शन यात्रा तय गर्दै गर्दा मंगलबार उनि सुरजित सरकारको ‘गुलाबो सिताबो’मा जोइन भैसकेका छन् । यसका अलावा उनलाई छायाँकनरत फिल्म ‘बाला’को लागि पनि समय मिलाउनु छ ।

जम्मा २८ करोडको मध्यम बजेटमा निर्मित ‘आर्टिकल १५’ले ५० करोड कमाइसकेको छ । र, उनको करिअरमा एक सफल फिल्मको इन्ट्री भएको छ ।

सन् २०१५ को ‘दम लगाके हैसा’को सफलता पश्चात खुरानाले पछाडी फर्कनु परेको छैन । उनका फिल्म बक्सअफिसमा हाइपको आधारमा हिट हुँदैनन् । रिलिज पछाडीको ‘वर्ड अफ माउथ’को दममा ५० देखि १०० दिन टिक्छन । पछिल्लो समयमा उनलाई स्क्रिप्टले बनाएको स्टार भनिन थालिएको छ । नहोस पनि कसरि आजभोलि खुरानाको फिल्मलाई दर्शकले गज्जब भन्न थालेका छन् ।

खुराना अभिनित ‘ड्रिम गर्ल’ पोस्ट-प्रोडक्सनमा छ । पछिल्लो ५ वर्षको अन्तरालमा खुरानाको १ फिल्म मात्र असफल भएको छ । भने, ६ फिल्मले व्यावसायिक सफलता हाँसिल गरेका छन् । जसमध्ये पछिल्ला ५ फिल्मले लगातार सफलता पाएका छन् ।

त्यसअघिको सुरुवाती ३ वर्षलाई हेर्दा भने ठ्याक्कै उल्टो ग्राफ छ । डेब्यु फिल्म छोडेर उनका खुरानाका लगातार ३ फिल्म असफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्