‘म यस्तो गीत गाउँछु’को सिक्वेलमा पूजा र पल फाइनल



रंगखबर, काठमाडौँ – गोरखाको मनकामना मन्दिरमा पूजाआजा गर्दै फिल्म ‘म यस्तो गीत गाउँछु २’को शुभ-मूर्हूत गरिएको छ । मंगलबार निर्देशक सुदर्शन थापासँगै कलाकार पूजा शर्मा र पल शाहले क्ल्याप पूजा गरे ।

निर्माण घोषणा २ वर्ष पश्चात छायाँकनको तयारी गरिरहेको फिल्ममा पुर्वघोषित कलाकार पल र पूजाले मुख्य भूमिका निर्वाह गर्नेछन् । सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’मा यी दुईको नै प्रमुख भूमिका थियो ।

अशोजदेखि छायाँकनमा जाने फिल्ममा अन्य कलाकार फाइनल भैसकेका छैनन् । फिल्मले फागुन २३ लाई रिलिज कन्फर्म पनि गरिसकेको छ ।

निर्देशक थापाले ‘म यस्तो गीत गाउँछु २’ घोषणा गरे पश्चात ‘रामकहानी’ र ‘सम्हालिन्छ कहिले मन’ निर्देशन गरिसकेका छन् । ‘रामकहानी’ बक्सअफिसमा एभरेज रह्यो भने ‘सम्हालिन्छ कहिले मन’ रिलिजको संघारतिर धकेलिंदै छ ।

प्रतिक्रिया दिनुहोस्