यस्तो बन्यो अक्षयको ‘मिसन मंगल’ ट्रेलर



रंगखबर, काठमाडौँ – अक्षय कुमार स्टारर फिल्म ‘मिसन मंगल’को टिजर रिलिज गरिएको छ । ४५ सेकेण्ड लामो ट्रेलर जबर्जस्त बनेको छ ।

टिजरको सुरुवात राकेश धवन (अक्षय कुमार) को सुचनाबाट हुन्छ । राकेश धवन बैज्ञानिक हुन् । उनि आफ्नो टिमलाई तयार रहन आदेश दिन्छन । लगतै १० सम्मको काउनडाउन सुरु हुन्छ । काउन्टडाउनको आवाजमै फिल्मको पात्रहरु देखिन्छन ।

फिल्ममा विद्या वालनले तारा शिंदे, तपसी पन्नुले कृतिका अग्रवाल, सोनाक्षी सिन्हाले एका गान्धी, शरमन जोशीले परमेश्वर नायडू, नित्या मेननले वर्षा गौंडाको भूमिका निर्वाह गरेका छन् ।

भारतको एतिहासिक कथामा निर्माण भएको फिल्मलाई जगन शक्तिले निर्देशन गरेका हुन् । अगस्त १५ मा रिलिज हुने फिल्मले बक्सअफिसमा प्रभास स्टारर ‘साहो’ र जोन अब्राहम स्टारर ‘बटला हाउस’सँग प्रतिस्प्रर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्