असोजमा रुप र आरोहीको ‘गीत गजल’



रंगखबर, काठमाडौँ – नितिन चन्द निर्देशित दोस्रो फिल्म ‘गीत गजल’को प्रदर्शन मिति तय गरिएको छ । रुप पोखरेल र आरोही सिंह अभिनित फिल्मले असोज २४ रिलिज डेट लक गरेको हो ।

रिलिज डेटसँगै फिल्मको फर्स्टलूक पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा मुख्य कलाकार रुप र आरोही रोमान्टिक देखिएका छन् ।

नितिनले यसअघि पल शाह र आँचल शर्मालाई लिएर ‘जोनी जेन्टलम्यान’बाट निर्देशनमा डेब्यु गरेका थिए । दोस्रो फिल्ममा भने रुप र आरोहीलाई ब्रेक दिएका छन् । पहिलो फिल्मबाट सफलता नपाएका निर्देशक चन्दले ‘गीत गजल’बाट आशावादी रहेको बताएका छन् ।

फिल्ममा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खनाललगायतको पनि अभिनय छ ।

फिल्मलाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् । भने, सह-निर्मातामा सुजन आचार्य छन् ।

प्रतिक्रिया दिनुहोस्