राष्ट्रिय चलचित्र पुरस्कार विजेतालाई २५ हजार नगद, आगामी वर्ष दोब्बर हुने



रंगखबर, काठमाडौँ – विगतको २ संस्करण समयमै हुन् नसकेको राष्ट्रिय चलचित्र पुरस्कार यसपटक तीन वर्षको एकै पटक बाँडीदैछ । राष्ट्रपति भवन सितल निवासमा ०७३, ०७४ र ०७५ सालको अवार्ड असार २७ गते आयोजना हुने कार्यक्रम छ ।

यसैबीच चलचित्र बिकास बोर्डले यसपटकको समारोह भव्य हुने बताइएको छ । बोर्डले जारी गरेको बिज्ञप्तिमा दीर्घ साधना सम्मान पनि प्रदान गरिने उल्लेख गरिएको छ । यसपटकदेखि स्रष्टाको सम्मानको निमित्त बोर्डले जनही २५ हजार नगद प्रदान गर्ने पनि बताएको छ । जो, आगामी वर्ष दोब्बर बनाउँदै ५१ हजार पुर्याउने बिज्ञप्तिमा लेखिएको छ ।

अवार्डको तयारी धमाधम चलिरहँदा पुरानादेखि नयाँ कलाकारसम्म नृत्य सिकिरहेका छन् ।

प्रेस बिज्ञप्ति 

प्रतिक्रिया दिनुहोस्