रेखाको फिल्म रेनशाले निर्देशन गर्ने



रंगखबर, काठमाडौँ – ‘मालिका’ रिलिजको करिब एक वर्ष पछि अभिनेत्री रेखा थापा नयाँ फिल्म निर्माणको थालनीमा लागेकी छन् । शुक्रबार अनटाइटल प्रोजेक्टको लागि उनले निर्देशकमा रेनशा वान्तवा राई राणालाई अनुबन्धित गरेकी छन् ।

जन्मदिनको अवसरमा रेखाको फिल्ममा अनुबन्ध हुन पाउँदा रेनशाले खुसि व्यक्त गरेकी छन् । गत वर्ष रिलिज ‘इन्टु मिन्टू लण्डनमा’बाट निर्देशनमा डेब्यु गरेकी सफल कोरियोग्राफर रेनशाले होमप्रोडक्सनको ‘आइ एम ट्वान्टी वान’को निर्माणसमेत रोकेकी छन् ।

दशैँ पछाडी छायाँकनमा जाने फिल्म रेनशाको दोस्रो निर्देशकीय प्रस्तुति हुनेछ । मल्टीस्टार रहने फिल्ममा रेखाको अभिनय हुन्छ या हुँदैन, खुलाइएको छैन ।

अभिमन्य निरवीको लेखन रहने फिल्म महिला केन्द्रित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्