०७३ राष्ट्रिय चलचित्र पुरस्कार: विपिन, सिर्जना र ‘सेतो सुर्य’ उत्कृष्ट



रंगखबर, काठमाडौँ – असार २७ गते विगत २ वर्षको गरि २०७५ सम्मको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरिएको छ । राष्ट्रपति भवन शितल निवासमा आयोजित तीन वर्षे अवार्ड समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अवार्ड वितरण गरिन ।

सरकारले गरेको वेवास्ताको विच २०७३ को अवार्ड २०७६ को पहिलो त्रैमासिकमा बाँडियो । वर्षेनी हुनुपर्ने अवार्ड करिब तीन वर्ष ढिला वितरण गरिंदा गन्जागोल देखियो । २०७३ मा कुन-कुन फिल्म रिलिज भएका थिए र त्यतिबेला कुन फिल्मको कुन किसिमको चर्चा थियो, त्यो अवार्डमा ब्युतिएन । मात्र, औपचारिकता पुरा गर्नको निमित्त मात्र अवार्ड बाँडियो ।

जे होस् ढिलै भएपनि सम्पन्न भएको ०७३ को अवार्डमा ९ विधा समावेश गरिएको थियो । जहाँ उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्डमा ‘जात्रा’बाट विपिन कार्की र ‘निभ्न लागेको दियो’बाट सिर्जना सुब्बाले कब्जा जमाए ।

त्यस्तै ‘कालो पोथी’ उत्कृष्ट फिल्म बनेको वर्षमा ‘सेतो सुर्य’बाट दीपक रौनियारले उत्कृष्ट निर्देशकको अवार्ड जिते । उत्कृष्ट लेखन तर्फ पनि ‘कालो पोथी’कै वर्चस्व रह्यो । लेखनको कथा विधामा मिन बहादुर भामले अवार्ड जित्दा पटकथा/संवादबाट  अविनाश विक्रम शाहले अवार्ड हात पारे । दुई जनालाई अवार्ड दिइए पनि मुख्य विधा लेखन नै थियो ।

वर्षको उत्कृष्ट सम्पादन तर्फ ‘जात्रा’बाट मित्र देव गुरुङले अवार्ड उचाल्दा उत्कृष्ट छायाँकनको अवार्ड ‘लभशासा’बाट शिवराम श्रेष्ठको पोल्टामा पर्यो ।

.उत्कृष्ट फिल्म (आदिवासी, जनजाति, विभिन्न मातृभाषी)को अवार्ड ‘क्यु प्ह्रो छे’ (भेडी गोठाले)लाई दिँदा ‘छक्का पन्जा’ले उत्कृष्ट लोकप्रिय फिल्मको अवार्ड पायो ।

त्यस्तै ०७३ दिर्घ सामना सम्मान वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीलाई प्रदान गरियो ।

राष्ट्रिय चलचित्र पुरस्कार – २०७३ विजेताको सुची

१.उत्कृष्ट सम्पादन : जात्रा, मित्र देव गुरुङ
२.उत्कृष्ट छायाँकन : लभ सासा, शिवराम श्रेष्ठ
३.उत्कृष्ट लेखन (कथा/पटकथा, संवाद) : कालो पोथी,  (मिनबहादुर भाम/ अविनाश विक्रम शाह )
४.उत्कृष्ट अभिनेत्री : निभ्न लागेको दियो, सृजना सुब्बा
५.उत्कृष्ट अभिनेता : जात्रा, विपिन कार्की
६.उत्कृष्ट निर्देशक : सेतो सुर्य, दीपक रौनियार
७.उत्कृष्ट फिल्म : कालो पोथी, शुन्य फिल्मस् प्रा.लि
८.उत्कृष्ट फिल्म (आदिवासी, जनजाति, विभिन्न मातृभाषी) : क्यु प्ह्रो छे (भेडी गोठाले)
९.उत्कृष्ट लोकप्रिय फिल्म : छक्का पञ्जा, आमा सरस्वती गीतादेवी फिल्मस् प्रा.लि.
२०७३ दीर्घ साधना सम्मान : सुभद्रा अधिकारी

यो पनि पढ्नुस:-

०७४ राष्ट्रिय  पुरस्कार: पुष्प, वेनिषा र ‘ब्लाइन्ड रक्स’ उत्कृष्ट

०७५ राष्ट्रिय पुरस्कार: विपिन, स्वस्तिमासहित ‘बुलबुल’ उत्कृष्ट

प्रतिक्रिया दिनुहोस्