०७५ राष्ट्रिय चलचित्र पुरस्कार: विपिन, स्वस्तिमासहित ‘गोपी’ उत्कृष्ट



इरंगखबर, काठमाडौँ – लगातार ३ वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण समारोहमा गत वर्ष रिलिज फिल्म मध्येबाट ०७५ को अवार्ड पनि बाँडियो ।

राष्ट्रपति भवन सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट वितरण गरिएको अवार्ड समारोहमा ‘बुलबुल’ र ‘गोपी’ले सर्वाधिक २/२ विधामा अवार्ड जिते । १० विधामा समावेश अवार्डमा ‘बुलबुल’ले उत्कृष्ट निर्देशक र अभिनेत्रीको अवार्ड जित्दा ‘गोपी’ले उत्कृष्ट फिल्म र लेखनको विधामा कब्जा जमायो ।

‘बुलबुल’बाट निर्देशक तर्फ विनोद पौडेलले अवार्ड जिते भने अभिनेत्री तर्फ स्वस्तिमा खड्का उत्कृष्ट ठहरिइन । साता अगाडी मात्रै स्वस्तिमाले सार्क फिल्म फेस्टिवलमा अभिनेत्री तर्फको क्रिटिक्स अवार्ड जितेकी थिइन् ।

त्यस्तै उत्कृष्ट फिल्म ठहरिएको ‘गोपी’बाट उत्कृष्ट लेखनमा (कथा/पटकथा, संवाद तर्फ दीपेन्द्र लामा/ सामिप्यराज तिमिल्सिना)ले अवार्ड जिते ।

उत्कृष्ट सम्पादनमा ‘साइँली’बाट निमेष श्रेष्ठले अवार्ड जित्दा छायाँकारमा ‘समर लभ’बाट संजय लामा उत्कृष्ट सावित भए ।  त्यस्तै उत्कृष्ट अभिनेतामा ‘प्रसाद’बाट विपिन कार्कीले अवार्ड उचाले । ०७३ को अवार्डमा पनि विपिनले सोहि विधामा ‘जात्रा’बाट अवार्ड जितेका थिए ।

उत्कृष्ट सिनेमा (आदिवासी, जनजाती, विभिन्न भाषाभाषी)  तर्फ रिजे नायाँ (गुरुंग भाषा)ले अवार्ड जित्दा फिल्म ‘भोर’लाई जुरी प्रोत्साहन सम्मान दिइयो ।

चलचित्रको व्यापार विस्ता तथा प्रवर्दन सम्मानको अवार्ड ‘छक्का पन्जा ३’लाई दिइयो । भने, दिर्घ साधना सम्मान -२०७५ बाट निर्देशक तुलसी घिमिरेलाई सम्मान गरियो ।

राष्ट्रिय चलचित्र पुरस्कार २०७५ – विजेताको सुची

१.उत्कृष्ट लेखन (कथा/पटकथा, संवाद) : गोपी, (दीपेन्द्र लामा/ सामिप्यराज तिमिल्सिना)
२.उत्कृष्ट छायाँकन : समर लभ, सञ्जय लामा
३.उत्कृष्ट सम्पादन : साँइली, निमेश श्रेष्ठ
४.उत्कृष्ट अभिनेत्री : बुलबुल, स्वस्तिमा खड्का
५.उत्कृष्ट अभिनेता : प्रसाद, विपिन कार्की
६.उत्कृष्ट निर्देशक : बुलबुल, विनोद पौडेल
७.उत्कृष्ट फिल्म : गोपी, आरोही इन्टरटेनमेन्ट प्रा.लि
८.उत्कृष्ट फिल्म (आदिवासी, जनजाती, विभिन्न भाषाभाषी) : रिजे नायाँ (गुरुंग भाषा)
९.जुरी प्रोत्साहन सम्मान : भोर, पुजा कर्ण
१०.चलचित्रको व्यापार विस्ता तथा प्रवर्दन सम्मान : छक्का पञ्जा ३, आमा सरस्वती मुभिज् प्रा.लि
२०७५ दीर्घ साधना सम्मान : तुलसी घिमिरे

यो पनि पढ्नुस:-

०७४ राष्ट्रिय पुरस्कार: पुष्प, वेनिषा र ‘ब्लाइन्ड रक्स’ उत्कृष्ट

०७३ राष्ट्रिय पुरस्कार: विपिन, सिर्जना र ‘सेतो सुर्य’ उत्कृष्ट

प्रतिक्रिया दिनुहोस्