समुन्द्री तटमा साम्राज्ञीको मस्ती मूड (फोटोफिचर)



रंगखबर, काठमाडौँ – ‘ड्रिम्स’ डेब्यु अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग सुन्दरताको परिचय छ । सुन्दरताकै कारण ५ फिल्म रिलिज भैसक्दा उनले ठुलै चर्चा कमाएकी छन् ।

बक्सअफिस सफलताको कुरा गर्दा उनि ४० प्रतिशत सफल छिन् । पछिल्ला तीन फिल्मको व्यावसायिक असफलताले साम्राज्ञीलाई कुनै असर गरेको छैन । फिल्मबाट चर्चा नहुँदा कहिले ड्रेस र कहिले प्रेमीको कारण चर्चामा आउन सजिलो छ ।

यस्तै पछिल्लो पटक इन्डोनेसियाको बालीमा गरिएको हट बिकिनी सुटको कारण यी सुन्दरी पुन: चर्चामा आएकी छन् । समुन्द्री तटमा सुन्तला रंगको बिकिनी लगाएर उनले मस्ती गरिरहेको फोटो इन्स्टाग्राममा साझेदारी गरेकी छन् ।

बिकिनीमा मज्जैले खुलेकी साम्राज्ञीको यो साल ‘मारुनी’ र ‘रातो टिका निधारमा’ गरि दुई फिल्म रिलिज हुँदैछन् । विदेश भ्रमण पश्चात सम्भवत: उनि फिल्मको प्रचारमा व्यस्त हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्