डा. सिके राउतको जीवनीमा फिल्म घोषणा



रंगखबर, काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको जीवनीमा फिल्म निर्माण हुने भएको छ । बुधबार राजधानीमा प्रेसमिट गरि फिल्मको बारेमा जानकारी दिइयो ।

राउतको जीवनीको ५० प्रतिशत र बाँकी काल्पनिक कथामा निर्माण गरिने फिल्मको शिर्षक ‘डा. सिके राउत’ नै जुराइएको छ । सन्तोष शाहले निर्देशन गर्ने फिल्ममा राउतको भूमिकामा परदेशी शाह हुनेछन । परदेशी भोजपुरी फिल्म क्षेत्रको स्टार कलाकार हुन् ।

फिल्ममा पुकार भट्टराई, ध्रुव कोइराला, विशाल पहारी, किरण थापा, राजिव कर्णलगायतको पनि अभिनय रहनेछ । डेढ करोड लागत अनुमान गरिएको फिल्मलाई नेपाली, भोजपुरी र हिन्दी भाषामा निर्माण गरिनेछ ।

भदौबाट छायाँकन सुरु हुने फिल्मलाई यसै सालको छठ पर्वमा रिलिज गरिने बताइएको छ । फिल्ममा निर्देशक शाहकै लेखन, पवन गौतमको छायाँकन, रामजी लामिछाने/लिगेश भट्टराईको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्